Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनकपुरमा डाक्टरको गम्भीर लापरबाही, चेकजाँच बिनै गर्भवतीलाई पितथैलीको शल्यक्रिया

जनकपुरमा डाक्टरको गम्भीर लापरबाही, चेकजाँच बिनै गर्भवतीलाई पितथैलीको शल्यक्रिया

पत्रपत्रिका

२१, आषाढ २०७९
जनकपुरमा डाक्टरको गम्भीर लापरबाही, चेकजाँच बिनै गर्भवतीलाई पितथैलीको शल्यक्रिया
images

जनकपुरधाम, २१ असार । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकको गम्भीर लापरबाही गरेको भेटिएको छ। अस्पतालले बिरामीलाई चेकजाँच बिनै बिरामीकै आधारमा पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको हो। बिरामीले आफ्नै आधारमा झण्डै चार महिनाअघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैलीमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको हो।

images
images

२०७८ फाल्गुन २८ गते चिकित्सकको सल्लाह बिनै बिरामीले जनकपुरधाम स्थित लक्की अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरबाही भेट्टाएको हो। चार महिना अघि व्यक्तिगत (सेल्फ) रुपमा भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गराएको र सोही आधारमा डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेको पाइएको छ।

महोत्तरीको जलेश्वर नगरपालिका २ स्थायी घर भई हालः जनकपुरधाम उपमहानगरपालिकामा कोठा भाडा लिई बस्दै आएकी विभा चौधरीलाई तल्लो पेट दुख्दा स्वःस्फूर्त रुपमा अल्टासाउण्ड (भिडियो एक्सरे) गराइन्। चेकजाँच गराएको रिपोर्टसहित बिरामी अस्पतालको टिकट काटेर चिकित्सकलाई देखाउँदा शल्यक्रियाको सुझाव दिए।

विभाका श्रीमान राजेश चौधरीले भने, ‘जेठको अन्तिम सातामा ओपिडीको सर्जन चिकित्सकलाई देखाउँदा डा. अमरेश कर्णले रगत, छातिको एक्सरे, पिसाब जाँच इत्यादि गराउन लगाए। सबै जाँच गराइसकेपछि चिकित्सकले असारको ५ गते शल्यक्रियाको समय दिए। तर आफूहरुलाई ५ गते एक वैवाहिक समारोहमा सहभागी हुन जानुपरेकाले ५ गतेको मिति सारेर १२ गतेको भर्ना र १३ गतेमा शल्यक्रिया गर्ने डा. राजेश साह, डा. अमरेश कर्ण र डा. आश्विनी यादवबीच सहमति भयो।’

‘सहमतिअनुसार मैले १२ गते श्रीमती विभालाई अस्पतालमा दाखिला गरी शल्यक्रियाका लागि भर्ना गराए। भर्नापछि तल्लो पेट दुख्ने समस्या बताउँदा डा. राजेश साहले फिजिकल इक्जामिनेशन लिएर सबै ठीक छ। अप्रेशनपछि सबै ठीकठाक भई हाल्छ भने। अझ मैले डा. साहेब अरु टेष्टहरु गर्नुपर्छ होनि नि ? भनेर सोध्दा कुनै टेष्ट आवश्यक नपर्ने भनि १३ गते पूर्वनिर्धारित तालिकाअनुसार शल्यक्रिया गरेको थियो।’अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

 

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:४९:३७ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology