Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका चिकित्सक डा. कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा

चितवनका चिकित्सक डा. कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा

इच्छाकामना न्युज

१९, आषाढ २०७९
चितवनका चिकित्सक डा. कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा
images

चितवन, १९ असार । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा आएको छ ।

images
images

हाडजोर्नी रोग विशेषज्ञ डा पौडेलले कोरोनाको समयमा लेखिएका निबन्धहरुमा अन्य नयाँ निबन्धहरु थप गरी सो पुस्तक प्रकाशन गरेका हुन् ।

सांग्रिला बुक्सले छापेको यो पुस्तकमा ५७ वटा निबन्ध संग्रहित छन् । पुस्तकको असार ३२ गते औपचारिक कार्यक्रम गरेर चितवनमा सार्वजनिक गरिने डा पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

डा पौडेलले भनेका छन्, ‘यो किताब बिरामी र डाक्टरका भोगाईहरु समेटिएको निबन्ध संग्रह हो । बिरामीका आफ्नै कथा; डाक्टरका आफ्नै कहानी । भिर माहुरीलाई भीरकै पीर, घर माहुरीलाई घरकै पीर भने जस्तै । पहिलो खण्डमा यस्तै लेखहरु समेटिएका छन् भने दोस्रो खण्डमा कोरोना समय सुरु भएपछि दोस्रो लहरसम्मका संस्मरणहरु छन् । मेडिकल सोसियोलोजीले खोज्ने मन छुने कुराहरु र यथार्थहरु यसमा पस्किएको छु । यहाँहरुले पढिदिए र ‘राम्रै रहेछ’ भनिदिए आभारी हुनेछु ।’

चितवनको रत्ननगर नगरपालिकामा स्थायी बसोबास गर्ने डा पौडेलको यो तेस्रो कृति हो । रत्ननगरको नेपाल माध्यमिक विद्यालयबाट प्ररम्भिक शिक्षा लिएको पौडेलले विद्यालयदेखि नै साहित्यिक गतिविधिमा रुचि राख्थे ।

 

 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - २२:२९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology