Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सार्वजनिक सम्पतीको संरक्षण गर्न प्रेस सेन्टर नेपाल सर्लाहीको प्रेस नोट

सार्वजनिक सम्पतीको संरक्षण गर्न प्रेस सेन्टर नेपाल सर्लाहीको प्रेस नोट

इच्छाकामना न्युज

१८, आषाढ २०७९
सार्वजनिक सम्पतीको संरक्षण गर्न प्रेस सेन्टर नेपाल सर्लाहीको प्रेस नोट
images

सर्लाही, १८ असार । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले सार्वजनिक सम्पती माथीको हस्तक्षेपका विरुद्ध ध्यानाकर्षण भएको जनाएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी (गौरब)द्वारा हस्ताक्षेरीत प्रेस नोटमा देश संघिय संरचनामा गएपछि सार्वजनिक सम्पती माथीको हस्तक्षेप बढेको ठहर गर्दै सार्वजनिक सम्पती माथीको हस्तक्षेप रोक्न सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

images
images

अध्यक्ष पत्रकार गौरबद्धारा हस्ताक्षेरीत प्रेस नोटमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही सम्पूर्ण श्रमजिवी, क्रियाशील, परिवर्तनकारी पत्रकारहरुको छाता संगठन रहेको उल्लेख  गर्दै पत्रकार र पत्रकारीता क्षेत्रको समस्या समाधानका लागि पटक पटक आवाज उठाउदै आईरहेको उल्लेख गरिएको छ । संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार तीन तहको स्थानिय सरकार गठन भई क्रियाशिल भएपछि देशको सार्वजनिक सम्पती हडप्ने क्रम बढेको सर्ववितितै छ ।

कुनै संघ/संस्था वा व्यक्तिको नाममा यसरी भई रहेको सार्वजनिक सम्पती माथीको हस्तक्षेप र सार्वजनिक सम्पती माथीको गिद्धेनजर प्रति  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको गंभिर ध्यानाकर्षण भएको नोटमा उल्लेख गरिएको छ । सार्वजनिक जग्गा जमिन,सार्वजनिक सवारी साधन,सार्वजनिक सम्पतीमा हस्तक्षेपकारी भुमिका निर्वाह गरी सार्वजनिक सम्पती माथीको हस्ताक्षेप गर्ने कार्य तुरुन्त बन्द गर्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको गंभिरध्यानाकर्षण गराएको छ ।

कुनै संघ÷संस्था वा व्यक्तिले गरेको सार्वजनिक सम्पती माथीको हस्क्षेपको विरुद्ध सरोकारवाला निकायको समयमै ध्यान जान जरुरी रहेको  र सार्वजनिक सम्पतीको संरक्षण गर्नु आवश्यकता रहेको नोटमा उल्लेख गरिएको छ ।

290307417_757018515611162_2684193625511414447_n.jpg

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १८:१४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology