तनहुँ, १३ असार । जिल्ला समन्वय समिति तनहुँमा आँबुखैरेनी गाउँपालिकाका २ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचनमा जिल्लामा एक्लाएक्लै निर्वाचन लडेको काँग्रेस र माओवादी केन्द्रले जिल्ला समन्वय समितिमा भने गठबन्धन गरेपछि आँबुखैरेनी गाउँपालिकाका २ जना निर्वाचित भएका हुन्।
काँग्रेस र माओवादी केन्द्रले जिससको निर्वाचनमा गठबन्धन गरे स्पष्ट बहुमत आफ्नो पोल्टामा पारेपछि अन्य दलले उम्मेद्वारी नै दिएन । जस अनुसार काँग्रेसबाट प्रमुखमा शान्तिरमण वाग्ले र उपप्रमुखमा माओवादी केन्द्रबाट आँबुखैरेनीका बासुदेव थापा निर्वाचित भएका छन्।
यस्तै सदस्यमा कांग्रेसबाट आँबुखैरेनीका नेत्र गुरुङ, चिरञ्जीवी ढकाल, डोलबहादुर सुनार, पानकुमारी खाँण, तिलादेवी आले तथा माओवादी केन्द्रबाट लक्ष्मी गुरुङ्ग र खिमलाल भण्डारी निर्वाचित भएका छन्।
यस अघि नै समितिमा गठबन्धन निर्वाचित हुने अनुमान गरिएको थियो ।