Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

इच्छाकामना न्युज

१३, आषाढ २०७९
गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति
images

काठमाडौं, १३ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । 

images
images

जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भएकी ३३ वर्षकी गायिका दिलमाया मृत फेला परेकी थिइन् । दिलमायाको शव फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकबाट सुसाइड नोट पोष्ट भएको थियो । 

सुसाइड नोट नै भएका कारण आत्महत्याको शंका गरिएको भए पनि शव छोछ्यानमा र घाँटीमा निलडाम फेला परेको देखिएको थियो । घटनास्थलको अवस्थाले त्यस दिन दुई जना सँगै बसेको पाइएपछि प्रहरीले विभिन्न पाटोबारे अध्ययन गरेको थियो । त्यसक्रममा सुनारसँग लिभिङ टुगेरदरमा बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो । सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए । तर सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो । त्यसपछि उनले त्यहाँबाट लगेको सल महाराजगञ्जमा फालेको भनेको आधारमा प्रहरीले उक्त सल फेला पारेको थियो । 

तर प्रहरीले दिलमायाको मोबाइल फोन भने फेला पारेको छैन ।  सूर्यविरूद्ध मृतकका बुवा खिलबहादुर श्रेष्ठले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो ।

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:५६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology