धादिङ, १३ असार । धादिङको पेस्तोल सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको खनियाबास गाउँपालिका २ अक्थली स्थित पशुराम तामाङको घरमा डेरा लिई बस्ने २ युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खनियाबास गाउँपालिका २ झार्लाङ घर भएका बर्ष २५ को सुनिल तामाङ र बर्ष २५ को अविनाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए। प्रहरीका अनुसार कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा उनीहरुलाई पेस्तोल सहित पक्राउ गरेको हो।
निजहरुको साथबाट प्रहरीले १ थान पेस्तोल थान, १ थान खुकुरी र ३ थान मोबाईल सेट बरामद गरेको छ। पक्राउ परेकाहरुलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।