Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

डुम्रे—बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो

डुम्रे—बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
डुम्रे—बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो
images

लमजुङ, ८ असार । लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका १ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । 

उदीपुरमा पहिरोको विकल्पमा पहिरो तल मस्र्याङ्दी किनारबाट सडक निर्माण गरि बुधबार साझ साढे ७ बजेबाट सडक सुचारु गरीएको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । उनले भने,'पहिरोले अवरुद्ध सडक खुलाउन आइतबारदेखि बैकल्पिक सडक निर्माण गर्न सुरु गरिएको हो ।'

उनका अनुसार पहिरो तल मस्र्याङदी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिएको छ । 

आइतबारदेखी साना सवारीहरु मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठुला सवारीसाधन आवतजावत गर्न सकेको थिएन ।

ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने पहिरोयुक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राती र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरीएको छ । उदीपुरमा बर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ । 

 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - २२:०३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology