Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ठेक्का लगाएको तीन वर्षपछि वन क्षेत्र दिने निर्णय

ठेक्का लगाएको तीन वर्षपछि वन क्षेत्र दिने निर्णय

इच्छाकामना न्युज

७, आषाढ २०७९
ठेक्का लगाएको तीन वर्षपछि वन क्षेत्र दिने निर्णय
images

हेमन्त केसी, सुर्खेत, ७ असार । नेपाल विद्युत प्राधिकरणले काम गर्नका लागि ठेक्का लगाएर काम थालेको तीन वर्ष पछि संघीय सरकारले बाटो खोलेको छ ।

images
images

कोहलपुर –सुर्खेत सम्मा निर्मानाधिण १३२ केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएसँगै काम गर्ने बाटो खुलेको हो । आयोजना निर्माण स्थल निकुन्ज भएकाले काम गर्न समस्य हुँदै आएको थियो । राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएपछि अब कामले तिव्रता पाउने अपेक्षा लिइएको छ । २०७९ असार ६ गतेको मन्त्री परिषदको निर्णय अनुसार राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको थियो ।

एक वर्ष देखि ठेक्का लगाएको काम निकुन्जका कारण प्रभावकारी हुन नसक्दा हैरान हुँदै आएको थियो । भदौ २४, २०७६ मा कोहलपुर –सुर्खेतका लागि  १३२ केबी प्रशारण लाइन निर्माण गर्न बोलपत्र आवह्वान गरिएको थियो ।  २४ महिना भित्र निर्माण कार्य पूरा गर्ने उदेश्यका साथ निर्माण थालिएको आयोजना अझै सम्मा काम हुन सकेको थिएन । करिव तीन वर्ष पछि संघीय सरकारले प्रशारण लाइनको बाटो खोलिदिएको छ ।

सुर्खेतमा अहिले सामान्य पोलमार्फत् पु¥याइएको विद्युत प्रसारण लाइनका कारण उपभोक्ताले बेलाबेला सास्ती खेप्ने गरेका छन्। ठूलो हावा चल्दा, पानी पर्दा विभिन्न समयमा विद्युत अवरूद्ध हुने गरेको छ। ठूला टावरसहित अब बन्ने प्रसारण लाइनले उपभोक्तालाई हुने सास्ती हट्ने विद्युत प्राधिकरणको बुझाइ छ ।

 भदौ २४, २०७६ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएपछि क्षमता विस्तार कार्य अघि बढाएको थियो । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो।

सुर्खेतसम्म करिब ५१ किलोमिटर प्रसारण लाइन डबल सर्किटको बन्ने  आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किलोमिटर रहेको  छ । प्रसारण लाइनमा एंगल टावरहरू २६ वटा रहनेछन्। जम्मा १४५ टावरहरू रहने छन्। सुर्खेतमा रहने सवस्टेसनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने जनाइएको छ।  आयोजना क्षेत्रको स्थलगत सर्वेक्षण अनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक र सरकारी वन पर्छन्।

आयोजनाबाट बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०४५ सालमा विस्तार भएको कोहलपुर–सुर्खेत–दैलेख विद्युत प्रसारण लाइन ३३ वर्षपछि पूर्णरूपमा विस्तार बाटो खुलेको थियो । कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइनको कुल बजेट एक अर्ब ८० करोड मध्य भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्कामार्फत ७० करोडमा जिम्मा लिएको हो । निर्माण व्यवसायीले सो रकमबाट टावर निर्माण र तार तान्ने कार्यमा मात्रै खर्च गर्नेछ भने मुआव्जाको रकम भने आयोजनाले छुट्टै व्यहोर्नेछ ।

कोहलपुर–सुर्खेत १२३ केभी विद्युत प्रशारण लाइनको विवाद नभएका क्षेत्रमा हालसम्म ४० ओटा टावरका लागि फाउण्डेशन निर्माण गरिसकिएको छ । सुर्खेत र बाँके क्षेत्रमा फाउण्डेशन सम्पन्न भएसँगै गाभरमा देखिएको समस्या समाधानमा लागिरहेको आयोजना प्रमुख रवि चौधरी बताउँछन् ।

‘वन क्षेत्रको समस्या समाधान नहुँदा अलमल जस्तै भएको थियो,’ चौधरीले भने, ‘सरकारले वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएसँगै गाभरको समस्या समाधान गरेर प्रशारण लाइन विस्तारलाई तिव्रता दिन्छौं ।’ चौधरीकाअनुसार अबको करिव १५ महिना अर्थात् आगामी वर्षको असोजमा सुब्बाकुना सव–स्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्य लिइएको छ ।

‘अनेत्र विवाद छैन, वनको समस्या समाधान भयो । गाभरको पनि समस्या समाधान गर्छौं,’ चौधरीले भने, ‘विवाद नभएका क्षेत्रमा काम जारी रहेकाले सप्लाइका सामग्री निर्माण कम्पनीले भारतबाट ल्याउन लागेकाले करिव अर्को असोजसम्म सुर्खेतमा विद्युत पु¥याउछौं ।’ यो प्रशारण लाइन निर्माणसँगै जाजरकोट प्रशारण लाइन लिनका लागि बाटो खुल्ने छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २०:५९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology