काठमाण्डौ, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ। हिजो सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेसले आज १ बजे पदाधिकारीको बैठक बोलाएको हो।
पार्टीं सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकले सरकारले संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेको बिषयमा छलफल नेता बालकृष्ण खाणले सीआईएनसँग बताउनुभयो। अध्यादेश जारी गर्नु लोकतान्त्रिक क्रियाकलापको खिलाफमा रहेको भन्दै तत्काल फिर्ता लिन काँग्रेसले सरकारलाई आग्रह गरेको छ।