Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

इच्छाकामना न्युज

७, आषाढ २०७९
अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै
images

जीवन कैला, बाजुरा, ७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् । 

images
images

आर्थिक वर्ष ०७८÷७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ । जसममध्ये नौवटा मुद्दा फछ्र्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले जनाएको छ ।

यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड छेडेदह गाउँपालिकाको छ । सो गाउँपालिकाको एउटा मात्रै उजुरी अख्तियारमा परेको तथ्यांकमा उल्लेख छ ।

हिमाली गाउँपालिकाका पाँच, स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच, जगन्नाथ गाउँपालिकाका चार, बुढिनन्दा नगरपालिकाका चार तथा बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका तीन÷तीनवटा उजुरी परेका छन् ।

बाजुराका नौवटै स्थानीय तहका गरी ३८ वटा उजुरी परेको र १८ को फछ्र्योट भइसकेको र २० वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २०:२२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology