Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- 'तपाईंहरुले त ठोकिदिनु भएछ नि !'

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- 'तपाईंहरुले त ठोकिदिनु भएछ नि !'

इच्छाकामना न्युज

६, आषाढ २०७९
अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- 'तपाईंहरुले त ठोकिदिनु भएछ नि !'
images

काठमाडौं, ६ असार । अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ । 

images
images

सोमबार असन्तुष्ट पक्ष प्रचण्डसँगको भेटवार्ताका लागि उनको निवास पुगेको थियो । भेटमा प्रचण्डले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए । 

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार कुटाकुट भएको थियो । आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।

बैठकमा हो हल्ला र लफडा भएपछि कार्की लगायतलाई प्रहरीले बैठकबाट निकालेको थियो । उक्त समूह निस्किएपछि क्रान्तिकारीको बैठक सुचारु भएको थियो । तर समस्याका बीच बैठक बसेको भन्दै कार्की समूह प्रचण्ड निवास पुगेको हो । 

विधानमा १९९ सदस्यीय कमिटीको व्यवस्था भए पनि अध्यक्ष पञ्चा सिंह पक्षले २९९ सदस्यीय र २५ जना पदाधिकारी हुनु पर्नेमा ४१ जनाको नाम पेस गरेका कारण समस्या भएको कार्की समूहले अध्यक्ष प्रचण्डसँग भनेको थियो । विधान अनुसार अघि बढौं भन्दा आफूहरुलाई रोक्न खोजिएको भन्दै उनीहरुले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । थप गर्नु पर्ने भए विधान परिषद् बोलाउनु पर्छ त्यसबाट अनुमोनद नगरी थप गरिए अवैध हुने उनीहरुको भनाइ थियो । 

जवाफमा प्रचण्डले विवाद समाधन गरेर अघि बढ्नु पर्ने बताएका थिए । आफूले विवादको खबर पाएपछि रोक्नू भनेर निर्देशन दिएको भन्दै प्रचण्डले प्रश्न गरे,' बैठक रोकिएन ?' प्रचण्डको भेटबारे जानकारी दिँदै कार्कीले अध्यक्षको निर्देशन विपरित बैठक भएको बताए । 

बैठक स्थलमा भएको झडपबारे पनि प्रचण्डले प्रश्न गरेका थिए । उनले आक्रमणमा उत्रिएको भन्दै असन्तुष्ट पक्षसँग भने, 'तपाईंहरुले त ठोकिदिनु भएछ नि !'

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - २१:५३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology