चितवन, ३१ जेठ । जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेबाट उम्मेद्वार रहेका नारायण अधिकारी निर्वाचित भएको छ। आज भएको निर्वाचनमा मत बराबर भएपछी गोलाप्रथा गरिएकोमा इच्छाकामना ३ का अधिकारी प्रमुखमा निर्वाचित भएको हो। एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका अधिकारी गत बैशाख ३० गते सप्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना ३ को वडासदस्यमा निर्वाचित भएका थिए।