Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

जिसस चितवनको प्रमुखमा अधिकारी र रानाभाटको उम्मेद्वारी, उपप्रमुखमा भने गठबन्धनकी सापकोटा निर्विरोध

जिसस चितवनको प्रमुखमा अधिकारी र रानाभाटको उम्मेद्वारी, उपप्रमुखमा भने गठबन्धनकी सापकोटा निर्विरोध

images

इच्छाकामना न्युज

२९, जेठ २०७९
जिसस चितवनको प्रमुखमा अधिकारी र रानाभाटको उम्मेद्वारी, उपप्रमुखमा भने गठबन्धनकी सापकोटा निर्विरोध
images

चितवन, २९ जेठ । जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो ।

जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा (एमाले) बाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की कल्पना काफ्ले सापकोटाको उम्मेदवारी परेको छ । सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेद्वारी परेको छ । नेकपा (एमाले) बाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ ।

त्यसैगरि तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेद्वारी परेको छ ।

एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् । निर्वाचन तालिका अनुसार भोलि (सोमबार) विहान १०–११ बजे भित्रमा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।

सोमबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ । नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।

मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले) को समान ७ भोट रहेको छ । निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धनले भरतपुर महानगरपालिकाको प्रमुख, उपप्रमुख, राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुख, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको प्रमुख, माडी नगरपालिकाको उपप्रमुख जितेको थियो । नेकपा (एमाले) ले कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुख, माडी नगरपालिकाको प्रमुख, रत्ननगर र खैरहनी नगरपालिकाको उपप्रमुख जितेको थियो ।

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - १९:३८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology