Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेबाट इच्छाकामनाका नारायण अधिकारीको उम्मेद्वारी

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेबाट इच्छाकामनाका नारायण अधिकारीको उम्मेद्वारी

images

इच्छाकामना न्युज

२९, जेठ २०७९
जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेबाट इच्छाकामनाका नारायण अधिकारीको उम्मेद्वारी
images

चितवन, २९ जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामना गाउँपालिकाका नारायणप्रसाद अधिकारीको उम्मेद्वारी परेको छ । जेठ ३१ गतेका लागि तोकिएको जिसस चितवनको निर्वाचन तालिका अन्तर्गत आज मनोनयन दर्ताको दिन नेकपा एमालेबाट अधिकारीले प्रमुखमा उम्मेद्वारी दर्ता गरेको हो । 

अधिकारी यहि वैशाख ३१ सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिकाको वडा नं. ३ को वडासदस्यमा भारी मतले निर्वाचित भएका थिए । निर्वाचनमा उम्मेद्वारी रहदा देखि नै अधिकारीलाई जिसस प्रमुखको दाबेदारको रुपमा हेरिएको थियो । सोही अनुरुप अधिकारीलाई एमालेले जिसस चितवनको प्रमुखमा उम्मेद्वारको रुपमा अघि सारेको हो ।

हाल नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्य समेत रहेका अधिकारी पूर्व शिक्षक पनि हुन्।

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - १९:२४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology