Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राईको गीत पालिका गानमा छनोट

राईको गीत पालिका गानमा छनोट

इच्छाकामना न्युज

२९, जेठ २०७९
राईको गीत पालिका गानमा छनोट
images

खोटाङ, २९ जेठ । गोपालचन्द्र राईले लेखेको गीत खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पालिका गानका लागि छनोटमा भएको छ ।  ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका राईले लेखेको ‘वीरहरूका सन्तान हामी हिम्मतिलो नेपाली, बहुल जाती बहुल भाषी दिप्रङ चुइचुम्माली’ बोलको रचना पालिका गानका लागि छनोटमा परेको हो । 

images
images

पालिका गानका लागि गाउँपालिकाले आह्वान गरेको सूचना अनुसार १० वटा रचना प्राप्त भएकोमा छनोट समितिले गोपालचन्द्रको गीतलाई उत्कृष्ट रचनाका रुपमा मूल्यांकन गरेको हो । प्रथम स्थान प्राप्त रचनालाई पालिका गान बनाउनेगरी गाउँपालिकाले २० जेठमा पालिका गान लेखनसम्बन्धी सूचना प्रकाशित गर्दै रचना माग गरेको थियो । गाउँपालिकाको १९ जेठमा बसेको गाउँ कार्यापालिकाको बैठकले पालिका गान निर्माण गर्ने निर्णय गरेको थियो । 

गाउँपालिकाले शनिबार सूचना जारी गर्दै पालिका गानका प्रतियोगीमध्ये सुवास पराजुली दोस्रो र ओमसरा राई तेस्रो भएको जानकारी दिएको छ । 

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - ०९:२५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology