Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन तस्करी, ७ जना पक्राउ

कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन तस्करी, ७ जना पक्राउ

इच्छाकामना न्युज

२३, जेठ २०७९
कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन तस्करी, ७ जना पक्राउ
images

काठमाडौं, २३ जेठ । कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् ।

images
images

285601458_5159433790830059_2634311261004644949_n.jpg

उनीहरूले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद गरेको हो । 

नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्ति भन्सार छली अवैध रूपमा सुन ल्याउँदै छन् भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो । 

285839287_5159433960830042_963509116289617516_n.jpg

गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीले लगाएको सर्ट, पेन्ट र अण्डरवेयरका विभिन्न भागमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएका थिए । सूचना प्राप्त भएपछि सुरेश र सन्दीपलाई केरकार गर्दा शंकास्पद देखिएन । तर, कपडा छाम्दा भने गह्राैँ थियो । 

शंका लागेर खोल्न लगाएर च्यात्दा कपडाको बीचमा सुन राखेको पाइएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । त्यसपछि सबै कपडा लगेर सुन निकालिएको उनको भनाइ छ । 

286046046_5159433807496724_8914456062071473519_n.jpg

उनीहरूलाई दुबईमा भीम लाहुरे नामक व्यक्तिले काठमाडौंमा सुन पठाउन लगाएको खुलेको कोइरालाले बताए । नेपाल आएपछि दुई जनालाई निर्मला घलानलाई सम्पर्क गर्न भनिएको थियो ।

उनीहरुलाई लिन आएका बेला घलान पनि विमानस्थलबाटै पक्राउ परेको उनको भनाइ छ । उनलाई सोधपुछ गर्दा उनलाई दुबईबाट सन्देश तामाङ नाम गरेको व्यक्तिले म्यासेन्जरमा फोन गरेर सुन बुझ्न भनेका थिए । कपडा लिएर आउनेलाई निश्चित रकम दिएर पठाउन भनिएको थियो । 

सुन भएको कपडा दिनका लागि पाँच रुपैयाँको नोटको नम्बरलाई प्रयोग गरिएको खुलेको छ । घलानलाई कपडाको प्याकेज पाँच रुपैयाँको ण/४७ ०१७‘. र थ/९४ १५७५‘ नम्बरको नोट लिएर आउनेलाई दिनु भनिएको थियो । त्यही अनुसार प्याकेज लिन पाँच रुपैयाँको नोटसहित बोक्साङ ग्याल्जेन र बरुण भक्त माथेमा आएका थिए । सोही आधारमा उनीहरूलाई प्रहरीले नोटसहित पक्राउ गरेको हो । 

 

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - १८:५४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology