Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एसले मन्त्रीहरु फिर्ता बोलायो, मन्त्रिपरिषद् पुनर्गठन हुँदै 

नेकपा एसले मन्त्रीहरु फिर्ता बोलायो, मन्त्रिपरिषद् पुनर्गठन हुँदै 

images

इच्छाकामना न्युज

२३, जेठ २०७९
नेकपा एसले मन्त्रीहरु फिर्ता बोलायो, मन्त्रिपरिषद् पुनर्गठन हुँदै 
images

काठमाण्डौ, २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रिपरिषद् आज पुनर्गठनको तयारी गरिएको छ । मन्त्रिपरिषद्को पुनर्गठनको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कुनै जानकारी नगराइएको भए पनि नेतृत्वले आज दिनभरमा सपथका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले बताए ।

मन्त्रिपरिषद्को बैठक भने दिउँसो ४ बजेका लागि बोलाइएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले मन्त्रिपरिषद्को विस्तारका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।  मन्त्रिपरिषद्मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय हिजो भएको हो ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री बन्नुभएको थियो भने स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ हुनुहुन्थ्यो ।

अब खापुङ स्वास्थ्यमन्त्री बन्नुहुनेछ भने भने जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नुहुने छ । श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय एकीकृत समाजवादी पार्टीले गरेको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०९:१६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology