Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुदूरपश्चिम प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन

सुदूरपश्चिम प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन

इच्छाकामना न्युज

१७, जेठ २०७९
सुदूरपश्चिम प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन
images

धनगढी, १७ जेठ । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् । 

images
images

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस्राे बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको दाबी गरेका हुन् । तर, बाजुराको त्रिबेणी नगरपालिकामा निर्वाचन सम्पन्न हुन नसकेपछि पुनः निर्वाचन गर्ने निर्णय नै भइसकेको छ । सो पालिकामा एमाले र नेपाली कांग्रेसले केही बुथ कब्जा गरेको ठहर गर्दै निर्वाचन आयोगले त्रिवेणीमा पुनः मतदान गर्ने निर्णय गरेको हो । 

सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा आर्थिक मामिल तथा योजनामन्त्री प्रकाश रावलले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथकिमतामाथि छलफल भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २०:०४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology