Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

साझा यातायातद्वारा विद्युतीय बसको परीक्षण 

साझा यातायातद्वारा विद्युतीय बसको परीक्षण 

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
साझा यातायातद्वारा विद्युतीय बसको परीक्षण 
images

काठमाण्डौ, १२ जेठ । साझा यातायातले काठमाडौँ उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि परीक्षण गरेको छ । व्यावसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरेको साझाले गएराति सडकको अवस्था परीक्षण गरेको हो ।

आठ जना यात्रुसहित ८४ बोरा सिमेन्ट राखेर बसको परीक्षण गरिएको हो । एक पटक पूरा चार्जमा बसको पूर्ण क्षमता (पे लोड) मा कति गुड्न सक्छ, काठमाडौँ र आसपासका सडकको अवस्था अनुसार गुड्न सक्ने नसक्ने र बसको ग्राउण्ड क्लिरेन्सको अवस्था कस्तो रहेको छ भन्ने बारेमा परीक्षण भएको साझा यातायात प्रालिका सदस्य भुसण तुलाधरले जानकारी दिनुभयो ।

सडकको अवस्था हेरेर परीक्षणको रिपोर्ट आएपछि थप अध्यन गरेर बाँकी ३७ वटा गरी पहिलो चरणमा जम्मा ४० वटा विद्युतीय वस सञ्चालन गर्ने तयारीमा रहेको तुलाधरले बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०९:१८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology