Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा डंगोलको जित सुनिश्चित, वडामा माओवादी ‘निल’

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा डंगोलको जित सुनिश्चित, वडामा माओवादी ‘निल’

images

इच्छाकामना न्युज

११, जेठ २०७९
काठमाडौंको मेयरमा बालेन र उपमेयरमा डंगोलको जित सुनिश्चित, वडामा माओवादी ‘निल’
images

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ ।

काठमाडौं महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौं महानगरको वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वटा वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ ।

मेयरमा बालेन र उपमेयमार डंगोलको विजय सुनिश्ति

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपपेयरमा एमालेकी सुनिता डंगोलले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै उनीहरुले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ४० प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो । यस अर्थमा बालेनले इतिहास रचेका छन् ।

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् । अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् ।

त्यसैगरी काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उपमेयरकी उम्मेदवार सुनिताले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् ।

 

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १७:५६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology