काठमाण्डौ, ९ जेठ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभा मातहतका विषयत समितिका सदस्यका लागि मनोनय र समिति हेरफेरको प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले केही अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजका लागि तय गरिएको छ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पनि केही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले पनि केही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव गर्ने आजको कार्यसूची छ ।