कुरिनटार, ४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दान बहादुर गुरुङ निर्वाचित भएको छ । उनले गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्ष उम्मेद्वार गीताकुमारी गुरुङलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएको हो।
अध्यक्षमा निर्वाचित एमालेका उम्मेद्वार दान बहादुर गुरुङले ६११० मत पाएका थिए भने प्रत्यासी गीताकुमारी गुरुङले ४६०८ मत ल्याएका थिए। उनीहरु बिचको मतान्तर १५०२ रहेको थियो।
यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मद्वार प्रताप गुरुङलाई पराजित गर्दै एमालेकै उम्मेद्वार माया सिलवाल निर्वाचित भएको छ । पराजित उम्मेद्वार गुरुङले ५०४४ मत पाएका थिए भने नवनिर्वाचित उपाध्यक्ष सिलवाले ५३४४ मत पाएका थिए । उनीहरु बिचको मतान्तर ३०० रहेका थियो ।