Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ७ मा विजयको विजयले काँग्रेसको बिउ जोगायो, वडामा प्यानलै विजयी

इच्छाकामना ७ मा विजयको विजयले काँग्रेसको बिउ जोगायो, वडामा प्यानलै विजयी

images
इच्छाकामना ७ मा विजयको विजयले काँग्रेसको बिउ जोगायो, वडामा प्यानलै विजयी
images

कुरिनटार, ४ जेठ । अघिल्लो स्थानीय तह निर्वाचनमा एक्लाएक्लै लड्दा पनि चितवनको इच्छाकामना गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ३ वटा वडा जितेको नेपाली काँग्रेसले यसपटक पाँचदलीय गठबन्धन गर्दा पनि झण्डै बिउ जोगाउनै हम्मे हम्मे प¥यो । यसपटक वडा नं. ७ मा मात्रै नेपाली काँग्रेस विजयी भएको छ । 

इच्छाकामनामा यसपटक वडा नं. ३ मा १ जना वडासदस्य मात्रै जितेको नेपाली काँग्रेसले अन्तिममा वडा नं. ७ मा धन्न बिउ जोगाउन सफल भएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि जित निकालेको यो वडामा कडा प्रतिस्पर्धाका बिच वडाध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेद्वार रहेका बम बहादुर थापा (विजय) को प्यानलै विजयी भएको छ । उनले १२०६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बोध बहादुर गोलेले १०९६ मत पाए । 

अघिल्लो निर्वाचनमा लोकप्रिय मत पाएर जितेका उनले यसपटक उस्तो गरी मत पाउन सकेनन् । 

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - २०:४६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology