Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ६ मा पनि एमालेको प्यानलै विजयी, वडाध्यक्षमा लक्ष्मण चेपाङ निर्वाचित

इच्छाकामना ६ मा पनि एमालेको प्यानलै विजयी, वडाध्यक्षमा लक्ष्मण चेपाङ निर्वाचित

images
इच्छाकामना ६ मा पनि एमालेको प्यानलै विजयी, वडाध्यक्षमा लक्ष्मण चेपाङ निर्वाचित
images

कुरिनटार, ४ जेठ । नेकपा एमालेको गढको रुपमा चिनिएको चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पनि नेकपा एमालेका अध्यक्ष उम्मेदवार लक्ष्मण चेपाङको प्यानलै विजयी भएको छ।

एमालेका उम्मेद्वार चेपाङले सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेद्वार विराज गुरुङलाई २ सय २३ मतान्तरले हराउन सफल भएको हो। मध्यरातमा सकिएको उक्त वडाको मतगणनामा विजयी उम्मेद्वार चेपाङले ७ सय ९७ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गुरुङले ६ सय १३ मत प्राप्त गरे।

यसैगरि गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षमा एमालेका उम्मेदवारहरुले सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध अग्रता कायम गरेको छ।

एमालेको अध्यक्ष उम्मेदवार दानबहादुर गुरुङ कांग्रेसका अध्यक्ष उम्मेद्वार गीताकुमारी गुरुङ भन्दा १ हजार ४ सय २४ मतको फराकिलो अग्रता कायम गरेको छ।

यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवाल गठबन्धनका माओवादी उम्मेदवार प्रताप गुरुङ भन्दा १ सय ९६ मतले अगाडी रहेको छ। हाल सम्म इच्छाकामनामा ६ वटा वडाको नतिजा आइसकेको छ । जस मध्ये नेकपा एमालेले ५ र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०८:३५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology