Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा गठबन्धन भन्दा एमाले उम्मेद्वार दान बहादुर गुरुङ हजार मतले अगाडी

इच्छाकामनामा गठबन्धन भन्दा एमाले उम्मेद्वार दान बहादुर गुरुङ हजार मतले अगाडी

images
इच्छाकामनामा गठबन्धन भन्दा एमाले उम्मेद्वार दान बहादुर गुरुङ हजार मतले अगाडी
images

चितवन, ३ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङले १ हजार ३२ मतको अग्रता लिएका छन् ।

वडा नम्बर ६ को गणना चलिरहँदा पछिल्लो मत परिणाम अनुसार गुरुङले नेपाली कांग्रेसकी अध्यक्षको उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पारेका हुन् । एमालेका दानबहादुर गुरुङले ४ हजार २ सय ७८ मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले ३ हजार २ सय ४६ मत ल्याएकी छिन् । अब ६ को गणना सकेर वडा नम्बर ७ को गन्न बाँकी रहेको छ । जम्मा तीन हजार २०० मत गन्न बाँकी रहँदा दानबहादुरको फराकिलो अग्रताले उनको जित सुनिश्चित जस्तै बन्दै गएको छ ।

सरकारी विद्यालयको प्रधानाध्यापक बनेका दानबहादुर पेन्सन पाक्न चार वर्ष मात्रै बाँकी रहँदा स्थायी जागिर छाडेर चुनावी मैदानमा एमालेबाट उत्रिएका हुन् । एमाले निकट शिक्षक संगठनको जिल्ला अध्यक्षसमेत रहेका गुरुङ सो क्षेत्रमा निकै लोकप्रिय नेता मानिन्छन् । अध्यक्षको प्रतिस्पर्धी गीताकुमारी पनि शिक्षा क्षेत्रबाट नै राजनीतिमा आएकी हुन् ।

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै  माया सिलवालले ४ मतले अग्रता लिएकी छिन् । उनले ३ हजार ६ सय ८९ मत ल्याएकी छिन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले३ हजार ६८५ मत ल्याएका छन् । यसअघि २०७४ सालमा कांग्रेसले विजय हासिल गरेको इच्छाकामनामा अहिले एमालेले राम्रो मत ल्याएको छ । गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी, २, ३, ४ र ५ मा एमाले विजयी भएको छ । अब वडा नम्बर ७ गन्न बाँकी रहेको छ ।

 

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - १७:१२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology