भुम्लिचोक, २ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा एमालेले पनि खाता खोलेको छ । यस अघिको निर्वाचनमा वडासदस्य समेत नजितेको एमालेले यसपटक वडाध्यक्ष नै जितेको हो।
गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजु भण्डारी नेपाली काँग्रेसको उम्मेद्वारसँग १ मतान्तरले विजयी भएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर गुरुङले ४०९ मत ल्याउँदा भण्डारीले ४१० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले जानकारी दिए ।
यसैगरी नेकपा माओवादी केन्द्रले ३५५ मत प्राप्त गरेको छ ।