कुरिनटार, २ जेठ । चितवनको इच्छाकामना गाउँपालिका ३ मा एकाबिहानै सुर्य उदाउदा वडाध्यक्षमा नर बहादुर नेपाल विजयी भएका छन्। गठबन्धनका उम्मेद्वारलाई ११ मतले पराजित गर्दै वडाध्यक्षमा नेपाल निर्वाचित भएको हो।
उनले ८६० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शरद पोख्रेलले ८४९ मत प्राप्त गरेको गरे।
यसैगरी सो वडामा ३ वडा सदस्य गठबन्धन र १ वडा सदस्य एमालेको उम्मेदवार विजयी भएको छ। यो वडा पहिले माओवादी केन्द्रले जितेको थियो भने गठबन्धन अत्यन्तै बलियो रहेकोले जित्ने अपेक्षा गरिएको थियो ।
तर यहि वडामा एमालेले बाजी मारेको छ ।