देवघाट, १ जेठ । तनहुँको देवघाट गाउँपालिकाको वडाध्यक्ष उम्मेद्वारहरु मध्य सबैभन्दा कान्छो वडाध्यक्ष उम्मेद्वार एमालेका मित्रलाल गुरूङ वडाध्यक्षमा बिजयी भएका छन् । २९ वर्षिय गुरूङ गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित भएको हो । उक्त वडामा उनको प्यानल नै बिजयी भएको छ ।
गाउँमै सानो पसल गरेर सामाजिक कार्यमा सकृय उनी ४१२ मत ल्याई प्रतिद्वन्द्वीसँग ४५ मतको अन्तरले निर्वाचित भएको छ। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका पदमवहादुर गुरूङले ३६७ मत पाए ।

वडा अध्यक्षमा बिजय भएपछि छोटो प्रतिक्रिया दिदै उनले आफ्नो बिजय हुन्छ भन्ने कुरामा पुर्ण विश्वास रहेको बताए। ‘अझै धेरै भारी मतले बिजय हुन्छु भनेको थियोे तर ४५ मतले बिजय हासिल गर्न पाउदा पनि खुसी छु’ –उनले भने ‘अव वडा नम्बर ४ को सानातिना योजनाहरू लिएर विकासका काम गरेर जनतालाई बोलेर हैन काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे’ ।
यस्तै उनले आफुलाई विश्वासिलो मत दिई बिजय गराउनु हुने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद प्रकट गरे ।