Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा एमालेलाई उछिन्दै बल्ल अघि बढ्यो गठबन्धन

इच्छाकामनामा एमालेलाई उछिन्दै बल्ल अघि बढ्यो गठबन्धन

images
इच्छाकामनामा एमालेलाई उछिन्दै बल्ल अघि बढ्यो गठबन्धन
images

कुरिनटार, १ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेको उम्मेद्वारलाई उछिन्दै गठबन्धनका उम्मेद्वारहरु अघि बढेको छ । वडा नं. १ र २ को सबै मत र वडा नं. ३ को झण्डै ७० प्रतिशत मत गनिसकेपछि बल्ल गठबन्धनका उम्मेद्वारहरुले एमालेका उम्मेद्वारलाई उछिनेको हो ।

पछिल्लो अपडेट अनुसार वडा नं. ३ को १२०० मत गन्दा गठबन्धनका अध्यक्ष उम्मेद्वार गीता कुमारी गुरुङले १७९२ मत ल्याई ६२ मतले अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनकै उम्मेद्वार प्रताप गुरुङले १८८६ मत ल्याई २६२ मतले अग्रता लिएको छ । वडाध्यक्षमा गठबन्धनकै उम्मेद्वार शरद पोखरेलले ५७९ मत ल्याई ५५ मतको अन्तरले अग्रता लिएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले १७३० मत, उपाध्यक्ष माया सिलवालले १६२४ मत र वडाध्यक्ष नर बहादुर नेपालले ५२४ मत पाएको छ । 

अहिलेसम्मको मत परिणामलाई हेर्दा इच्छाकामनामा गठबन्धन अनुसारको जुन मत खस्नुपर्ने हो त्यो अनुसार गठबन्धनले इमान्दार पूर्वक मत नहालेको देखिन्छ । यहि विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा चल्न सुरु भएको छ । 

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - २०:०३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology