भुम्लिचोक, १ जेठ । गोरखाको गण्डकी गाउँपालिका वडा नं. २ को मतगणना भैरहदा त्यहाँ पनि अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ । उक्त वडाको महादेव प्रावि र पशुपति प्रजा प्रावि केन्द्रको मतगणना सकिदा माओवादी केन्द्रले अध्यक्षमा ११ मतको अग्रता लिएको छ ।
उक्त वडामा गणना भएको ९१० मत अनुसार अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिनाले ४२३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार होम बहादुर रानाले ४१२, नेकपा एमालेका विष्णु प्रसाद पन्तले ११, राप्रपाका अम्बिका रुपाखेतीले ३, मंगोल नेशनल अर्गनाइजेशनका गंगा बहादुर रानाले १ र स्वतन्त्र उम्मेद्वार विशेष पन्तले ० मत प्राप्त गरेको छ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रसँग गठबन्धन गरेका जनता समाजवादी पार्टीका भीमनारायण श्रेष्ठले ३५७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको ललिता अधिकारीले ४३२ मत, नेकपा एमालेका रेणुका नहर्कीले ८ मत र राप्रपाका बाबुराम रेग्मीले ३ मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका याम बहादुर थापाले ४१३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको देउ बहादुर गुरुङले ४१८, नेकपा एमालेका गुञ्जमान श्रेष्ठले ९ र जनता समाजवादी पार्टीका सर्किनी प्रजाले १९ मत पाएका छन्।