कुरिनटार, १ जेठ । चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ पुनः विजयी भएको छ । गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै विजयी भएको हो ।
विजयी एमालेका चेपाङले ६८३ र पराजित गठबन्धनका बुढाथोकीले ५१४ मत प्राप्त गरेको छ ।
यस अघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्च बहादुर चेपाङ वडाध्यक्षमा विजयी भएको थियो ।
यसैबिच वडा सदस्यहरुमा नेकपा एमालेकै उम्मेद्वारहरु विजयी भएका छन् ।