Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनी १ मा भारी मतान्तरले प्यानल सहित माओवादी केन्द्रका प्रेम बहादुर गुरुङ निर्वाचित, गापा अध्यक्षमा पनि दोब्बर मतले अग्रता

आँबुखैरेनी १ मा भारी मतान्तरले प्यानल सहित माओवादी केन्द्रका प्रेम बहादुर गुरुङ निर्वाचित, गापा अध्यक्षमा पनि दोब्बर मतले अग्रता

images
आँबुखैरेनी १ मा भारी मतान्तरले प्यानल सहित माओवादी केन्द्रका प्रेम बहादुर गुरुङ निर्वाचित, गापा अध्यक्षमा पनि दोब्बर मतले अग्रता
images

तनहुँ, १ जेठ ।  तनहुँको नेकपा माओवादी केन्द्रले विजय यात्रा सुरु गरेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ मा पुरै प्यानल नै विजयी भएको छ ।

आँबूखैरेनि गाउपालिका वडा न १ मा मावोबादी केन्द्र प्यानल बिजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले ८५९ मत ल्याएर बिजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी काँग्रेसका किशन थापाले ४१५ एमालेका खिल बहादुर रानाले ३५१ मत पाए ।

यस्तै नेकपा माओवादीबाट महिला वडासदस्यकी उम्मेदवार बसुन्धरा गौलीले ७५२, दलित महिला सदस्य शुशिला नेपालीले ८०८, खुल्ला सदस्य कुमार बहादुर मगरले ७४८ र खुल्ला सदस्य हरि बहादुर गुरुङले ७५२ मत ल्याएर बिजयी भएका हुन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्र नै अगाडी रहेको छ ।

पछिल्लो अपडेट अनुसार आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले ८७५, काँग्रेसका गिर बहादुर थापाले ४०३, एमालेका ऋषि के.सी.ले ३०६ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले ६६२, काँग्रेसका पवित्रा गौलीले ३६२, एमालेका मीना अधिकारीले ५५१ मत पाएकी छिन ।

*उल्लेखित समाचारमा एमाले उपाध्यक्षको मत ५५१ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । सं.

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०६:१०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology