आँबुखैरेनी, ३१ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाको चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले नै निरन्तर अग्रता लिएको छ । ६०० मत गन्दासम्म पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा अग्रता कायमै राखेको हो।
पछिल्लो अपडेट अनुसार अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले २७७, काँग्रेसका गिर बहादुर थापाले १३८, एमालेका ऋषि के.सी.ले १०५, राप्रपाका रेजिना श्रेष्ठले १५ र विवेकशिल साझाका उत्सव अधिकारीले १३ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका काजीकुमार गुरुङले ३ मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले २०७, काँग्रेसका पवित्रा गौलीले १२९, एमालेका मीना अधिकारीले १८०, राप्रपाका इम बहादुर के.सी.ले २०, एकिकृत समाजवादीका अम्बिका श्रेष्ठले २ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका सोम माया खवासले १ मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले २७३, काँग्रेसका किसान थापाले १४०, एमालेका खिल बहादुर रानाले ११६ र राप्रपाका जनकराज सेंढाईले १७ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका भक्त बहादुर रानाले ३ मत पाएका छन्।