Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्याङ्गजामा दुःखद दुर्घटना : मतदाता बोकेको जीप दुर्घटना १३ जनाको मृत्यु, ११ घाईते

स्याङ्गजामा दुःखद दुर्घटना : मतदाता बोकेको जीप दुर्घटना १३ जनाको मृत्यु, ११ घाईते

इच्छाकामना न्युज

३०, बैशाख २०७९
स्याङ्गजामा दुःखद दुर्घटना : मतदाता बोकेको जीप दुर्घटना १३ जनाको मृत्यु, ११ घाईते
images

काठमाडौं, ३० वैशाख। स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

images
images

दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। 

वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।

अखलाबासको मतदाता मतदान केन्द्र पुग्न हिँडेर करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन्। मतदान केन्द्र टाढा भएकाले जीप चढेर उनीहरू मतदान केन्द्रतर्फ गएका थिए।

मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन बाँकी छ।

 
 

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १२:३२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology