गोरखा, ३० वैशाख । उम्मेद्वारकी पत्नीले मतदाताको परिचय खुल्ने एक मात्र कागजात नागरिकताको प्रमाणपत्र खोसेर लगेपछि गोरखा नगरपालिका १२ कुन्दुरटारका एक मतदाता मतदान गर्ने अधिकारबाट बञ्चित भएका छन् ।
वडा अध्यक्षका उम्मेद्वार रुपेश कुमालकी धर्मपत्नी पार्वती कुमालले प्यारालाइसिसबाट थलिएका स्थानीय कृष्णबहादुर कुमाल(बारपाकी)को नागरिकता कब्जा गरेपछि उनी मतदान गर्नबाट बञ्चित भएका हुन् ।
रुपेश कुमाल नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षका उम्मेद्वार हुन् । पार्वतीले शुक्रबार बिहानै घरमै पुगेर नागरिकता मागेर लगेको पिडितका आफन्त वीरबहादुर कुमालले बताए ।
‘हामीले कैयौँ पटक नागरिकता फिर्ता माग्यौँ तर उहाँले दिँदै दिनुहुन्न’, उनले भने । कुमाल महेन्द्र मावि कुन्दर मतदानकेन्द्रका मतदाता हुन् ।







