चितवन, २८ बैशाख । भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघंन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको पाइएको छ । गठबन्धनको टोलीले बा.१३ च १११८ नम्वरको स्कारपियो गाडीमा आज नमूना मतपत्र हालेर वितरण गर्दै हिडेको हो ।

उक्त गाडीले पश्चिम चितवनको विभिन्न वडामा नमूना मत्रपत्र वितरण गरेको छ । नमूना मतपत्रमा साना दल र स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नै छैन । ठूला छ दलको मात्रै चिन्ह रहेको नमूना मतपत्र बाँडेको हो । भरतपुरमा काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भुइँकटहर चिन्ह, राप्रपाको हलो चिन्ह, जनमोर्चाको गिलास लगायत अन्य स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह उक्त नमूना मतपत्रमा छैन ।