Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

निर्वाचन अनुगमनको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली चितवनमा

निर्वाचन अनुगमनको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली चितवनमा

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
निर्वाचन अनुगमनको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली चितवनमा
images

चितवन, २८ बैशाख । राष्ट्रिय मानव अधिकार आयोग वागमति प्रदेश कार्यालयवाट चितवन जिल्लामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ अनुगमनको लागी २०७९ बैशाख २८ देखि अनुगमन टोली खटिएको छ । आयोगको दुई सदस्यीय अनुगमन टालीमा मानव अधिकार अधिकृत जायश्वर चापागाई र लोकनाथ घिमिरे रहनु भएको छ ।

मावन अधिकार अधिकृत चापागाईका अनुसार टोलीले चितवन जिल्लाको भरतपुर महानगरपालिका लगाएत सातवटै स्थानीय तहमा पुगेर निर्वाचन प्रकृयाको सम्बन्धमा मानव अधिकारका दृष्टिकोणवाट अनुगमन गर्ने छ ।

आयोगको टोलीले मुख्य गरी निर्वाचनको मौन अवधि पुर्ब उम्मेद्धवारहरुले स्वतन्त्र रुपमा प्रचार–प्रसार गर्न पाए नपाएको, उम्मेद्धार निर्वाचन क्षेत्रमा निर्वाध रुपमा आवत–जावत गर्न पाए नपाएको, उम्मेद्धवारलाई सुरक्षा चुनौतिको अवस्था रहे नरहेको, राजनीतिक दलको जुलश तथा सभा शान्तिपुर्ण रहे नरहेको, सभा जुलशमा वालवालिकाको प्रयोग भए–नभएको विषयमा अनुगमन गर्ने छ । साथै, आयोगको अनुगमन टोलीले मौन अवधिमा निर्वाचन आचार संहिता पालना भए नभएको, मतदान केन्द्रसम्म मतदाताको पहुच रहे नरहेको, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदाताले मतदान गर्न पाए नपाएको लगाएतको विषयमा अनुगमन गर्ने छ ।

आयागको टोलीले निर्वाचन पुर्व, निर्वाचन अवधि र निर्वाचन पश्चातको अवधिमा समेत अनुगन गरी रहने जनाएको छ ।

 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०९:०७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology