Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा आज माओवादीको बृहत जनसभा

आँबुखैरेनीमा आज माओवादीको बृहत जनसभा

images

इच्छाकामना न्युज

२७, बैशाख २०७९
आँबुखैरेनीमा आज माओवादीको बृहत जनसभा
images

आँबुखैरेनी, २७ वैशाख । नेकपा माओवादी केन्द्र आँबु खैरेनी गाँउपालिका मंगलबार बृहत सभा सम्पन्न गरेको छ । नेकापा माओवादीका युवा नेता शुक्र चुमान गाँउपालिका अध्यक्षका उम्मेदवार रहेका छन् ।

माओवादीले आँबुखैरेनी बजारमा बजारमा बिशाल ¥याली सहित आम सभा सम्पन्न गरेको हो । आँबुखैरेनी गाँउपालिकामा आफ्नो पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुको प्रचार प्रचारसँग मंगलबार माओावदी केन्द्रले आँबुमा मानव सागर उतारेर विजयी हुने सन्देश दिएको नेकपा माओवादी केन्द्रका सुर्य बहादुर गौलीले बताए ।

माओवादी केन्द्रका नेता गौलीका अनुसार आँबुका सबै वडामा नेकपा मओवादीका तर्फबाट उम्मेदवार रहेका घर दैलोका क्रममा जनलहरु सृजना भएको आजको ¥यालीबाट विजयी यात्रा सुरु भएको पुष्टि भएको बताए ।

आँबुखैरेनी गाँउपालिका नेकपा माओवादीको नेतृत्वमा यस पटक स्थानीय सरकार बन्नेमा मंगलबारको सभाबाट सन्देश गएको नेकपा माओवादी केन्द्रले जनाएको छ । माओवादीका उम्मेदावर गाँउ गाँउमा जाँदा जनताले खुशी ब्यक्त गरेको अध्यक्षका उम्मेदावार शुक्र चुमानले बताए ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २३:५९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology