मुग्लिन, २४ वैशाख । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा ठूलो पहिरो खसेको छ। अहिले साँझ करिब पौने ८ बजेतिर पहिरो खसेको हो।
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौ गाडी र हज्जारौ यात्रुहरु राजमार्ग अलपत्र परेको छ।
माथिबाट बेला बेला पहिरो झर्ने क्रम जारी नै रहेकोले पहिरो हटाउने कार्य सूरु हुन सकेको छैन भने पहिरो ठूलो खसेको कारण रातभर राजमार्ग खुल्न सक्ने सम्भावना देखिदैन ।