काठमाडौं। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले कात्तिक १२ गते शपथ ग्रहण गर्ने भएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुने पार्टीले जनाएको छ ।