गोरखा, १५ वैशाख । आरुघाट गाँउपालिकामा जनता समाजवादी पार्टी नेपालले एमालेसँग तालमेल गरेर चुनावमा लड्ने सहमती गरेको छ ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट गाँउपालिका प्रमुखमा उम्मेदारी दिएका राजेन्द्र पराजुली र एमालेबाट प्रमुखमा उम्मेदारी दिएका कृष्ण नेपाली बीच विहिबार साझ बसेको वार्ताले दुई पार्टी बीच चुनावी तालमेल गरेर चुनाव लड्ने सहमति गरेका छन् ।
नेता पराजुलीले केन्द्रको निर्देशन भए अनुसार आफुहरुले गठबन्धन भित्रकै दलहरु बीच तालमेल गरेर चुनाव लड्ने अन्तिम समयसम्मै सहमतिको पर्खाईमा बसेको तर गठबन्धन भित्रका दलहरुबाट धोका भएपछि यो निर्णय लिएको बताए ।