आँबुखैरेनी, १५ वैशाख । नेकपा एमाले आँबुखैरेनीले आफ्ना उम्मेद्वारहरु सहित प्रचारको लागि चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ। पार्टीले दिएको जानकारी अनुसार आज देखि एमालेले आँबुखैरेनीमा आफ्ना अध्यक्ष, उपाध्यक्ष उम्मेद्वार सहित चुनावी प्रचार अन्तर्गत घरदैलो अभियान सुरु गर्ने भएको हो।
आज पहिलो दिन आँबुखैरेनी ३ स्थित पानीघट्टाबाट चुनावी प्रचार अभियान अन्तर्गत घरदैलो सुरु गर्न लागिएको एमालेबाट आँबुखैरेनी गाउँपालिका अध्यक्ष उम्मेद्वार रहेका ऋषि के.सी.ले जानकारी दिए।
आँबुखैरेनीमा एमालेले अध्यक्षमा ऋषि के.सी. र उपाध्यक्षमा मीना अधिकारीलाई उम्मेद्वार बनाएको छ।