Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत

उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत

न्युज कारखाना

१२, बैशाख २०७९
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
images

लक्ष्मण पौडेल, बुटवल, १२ वैशाख । स्थानीय तह निर्वाचनको उम्मेदवारी चयनलाई लिएर रुपन्देहीमा सत्ता गठबनधन चरम असन्तुष्टि देखा परेको छ । एमालेले भने जिल्लाका १६ वटै पालिकामा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ ।

images
images

उम्मेदवार चयमा असन्तुष्टि जनाउँदै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा १०३ जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भागवण्डा अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु ढकाललाई उम्मेदवार बनाइएपछि कांग्रेस कार्यकर्ताले राजीनामा दिएका हुन् । बुटवल–३ मा कांग्रेस बलियो हुँदाहुँदै माओवादीलाई छाडेको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । राजीनामा दिएकाहरुले माओवादीलाई भोट नहाल्ने समेत बताएका छन् ।

तर एमालेले भने जिल्लाका सबै पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरदेवी चौधरी, सैनामैना नगरपालिकाको मेयरमा चित्रबहादुर कार्की र उपमेयरमा बिना राना, देवदह नगरपालिकाको प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ, सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा। रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारीले टिकट पाएका छन् ।

त्यस्तै ओमसतिया गाउँपालिका अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिका अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा वसन्ती पाण्डे, मायादेवी गाउँपालिका अध्यक्षमा लाला लोंध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा बिन्द्रावती गौंड, सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोंधले टिकट पाएका छन् ।

कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा माया साहनी, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा रमावती यादव र उपप्रमुखमा कल्पना हरिजन, गैंडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जयसवाल, कन्चन गाउँपालिका अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहडी, शुद्धोधन गाउँपालिका अध्यक्षमा किशुनचन्द चौधरी र उपाध्यक्षमा शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ एमालेबाट उम्मेद्वार बनेका छन् । एमालेले जिल्लाका सबै वडामा आइतबारै उम्मेदवार टुंग्याएको छ भने गठबन्धनमा सोमबार सम्म टुंगिने बताइएको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०८:१४:२९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology