Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले धादिङद्वारा प्रचार डेस्कको स्थापना

एमाले धादिङद्वारा प्रचार डेस्कको स्थापना

images

इच्छाकामना न्युज

१०, बैशाख २०७९
एमाले धादिङद्वारा प्रचार डेस्कको स्थापना
images

धादिङ, १० वैशाख । आसन्न स्थानीयतहको निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन नेकपा एमाले धादिङको प्रचार डेस्क स्थापना भएको छ । 

नेकपा एमाले धादिङको प्रचार तथा प्रकाशन विभागको संयोजनमा स्थापना भएको प्रचार डेस्कको बैशाख १० गते शनिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठीद्वारा संयुक्त रुपमाउद्घाटन भएको छ ।

जिल्लाको १३ वटै स्थानिय तहको पार्टी चुनावी अभियानलाई प्रचार गर्न डेस्कको स्थापना गरिएको हो । डेस्क मार्फत सौर्य इ–बुलेटिनको प्रकाशन हुने भएको छ । बुलेटिन विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई इ–मेल मार्फत उपलब्ध गराइने विभागले जनाएको छ । 

पार्टीको प्रचार अभियानलाई व्यवस्थित गर्न र पार्टीको स्थानिय गतिविधि संकलनका लागि विभागले जिल्लाको १३ वटै स्थानिय तहमा प्रतिनीधि खटाइएको प्रचार विभागको उपप्रमुख गायत्री खतिवडाले बताउनु भएको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - २०:२५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology