Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा गठबन्धनबाट जसपा बाहिरिएसँगै गण्डकी प्रदेश सरकार नै धरापमा, काठमाण्डौमा देउवा, प्रचण्ड र भट्टराई बिच वार्ता  

गोरखामा गठबन्धनबाट जसपा बाहिरिएसँगै गण्डकी प्रदेश सरकार नै धरापमा, काठमाण्डौमा देउवा, प्रचण्ड र भट्टराई बिच वार्ता  

images

इच्छाकामना न्युज

१०, बैशाख २०७९
गोरखामा गठबन्धनबाट जसपा बाहिरिएसँगै गण्डकी प्रदेश सरकार नै धरापमा, काठमाण्डौमा देउवा, प्रचण्ड र भट्टराई बिच वार्ता  
images

गोरखा, १० वैशाख । भागबण्डामा कुरा नमिलेपछि गोरखा जिल्लाको गठबन्धनबाट जसपा बाहिरिएसंगै माओवादी र काँग्रेस बीचमा गठबन्धन हुने भएको छ । जसका कारण गण्डकी प्रदेश सरकार धरापमा परेको छ। 

जिल्लाको गठबन्धनबाट जसपा आउट भएपछि प्रदेस सरकारबाट पनि बाहिरिने सुइको पाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई सम्पर्क गरेर फकाउने प्रयास गरेका थिए । फोनमा आचार्यले मुख्यमन्त्री नेपालीलाई गठबन्धनको बिकल्पमा नयाँ गठबन्धन बन्ने र गण्डकी प्रदेश सरकार सङ्कटमा पर्ने बताएका थिए ।

गोर्खाको गठबन्धनबारे आचार्यले गठबन्धन बैठक स्थगित गरेर काँग्रेस र माओवादीले गठबन्धन मर्म बिपरित सहमति गरेको आरोप लगाए । ‘काँग्रेस र माओबादी गठबन्धनप्रति इमान्दार नबन्ने हो भने हामीले मात्र इमान्दारीता प्रस्तुत गर्नुपर्छ भन्ने छैन् । माओवादी र काँग्रेसको बिरुद्ध नयाँ गठबन्धन पनि हुन सक्छ । यसले गोरखा जिल्लाको गठबन्धनमा मात्र होइन प्रदेश सरकारमा पनि सङ्कट आउन सक्छ । सरकार अर्को बन्छ कि बन्दैन पछि कुरा गरौँला तर हाम्रो समर्थन फिर्ताले सरकार स्वत कामचलाउ हुन्छ ।
‘
गण्डकी प्रदेशको सरकार नै धरापमा पर्ने भएपछि शेरबहादुर देउवा, प्रचण्ड र बाबुरामबीच बार्ता चलिरहेको छ । तीन शिर्ष नेताहरू बीचको छलफल सकारात्मक नबने गण्डकी प्रदेशमा कृष्ण चन्द्र पोखरेल नेपालीको सरकार कामचलाउ बन्न सक्छ । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै अर्को सरकार बन्ने संभावना नभएपनि सरकार काम चलाउ बनेर निर्वाचनको घोषणा गर्नुपर्ने परिस्थिति निर्माण हुन सक्छ ।

 

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - २०:०३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology