Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको आपत्ति

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको आपत्ति

images

इच्छाकामना न्युज

६, बैशाख २०७९
भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको आपत्ति
images

चितवन, ६ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वचितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।

उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय गरिएको भन्दै त्यसले नतिजा राम्रो नदिने बताएका हुन् । नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकको भावना विपरित केन्द्रबाट नै निर्णय गरिएको छ । यो निर्णय मान्न हामी तयार छैनौं । केन्द्रीय कमिटीले नै जिल्लाका नेता कार्यकर्ताको भावना र वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । त्यही निर्णय विपरित जबर्जस्ती गठबन्धन गरिएको छ ।’

उनले जिल्लामा यस विषयमा थप छलफल गरिने आगामी योजनाका बारेमा निचोडमा पुगिने बताए । वडा, पालिका, क्षेत्र र जिल्लाको निर्णयलाई अवमूल्यन गर्दा नतिजा प्रतिकुल आउने उनको भनाइ छ ।

आज गठबन्धनको बैठकले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । माओवादीबाट पुन वर्तमान मेयर रेनु दाहाल उम्मेदवार बन्ने चर्चा छ ।

 

 

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १९:५२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology