Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

माओवादी केन्द्रबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा २ जना र उपाध्यक्षमा ३ जनाको नाम सिफारिस

माओवादी केन्द्रबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा २ जना र उपाध्यक्षमा ३ जनाको नाम सिफारिस

images

इच्छाकामना न्युज

५, बैशाख २०७९
माओवादी केन्द्रबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा २ जना र उपाध्यक्षमा ३ जनाको नाम सिफारिस
images

कुरिनटार, ५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेद्वार आकांक्षी मध्य  इच्छाकामना गाउँपालिकाको अध्यक्षमा २ र उपाध्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ। पार्टीको आज बसेको गाउँकमिटि बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।

सिफारिस भएका नामहरुमा अध्यक्षमा प्रताप गुरुङ र ढलक बहादुर राना मगर रहेका छन्। गुरुङ पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेद्वार रही पराजित भएका थिए भने हाल पार्टीको प्रदेश कमिटि सदस्य छन्। मगर भने पार्टीको जिल्ला समन्वय समिति सदस्य तथा वडा नं. ७ को इन्चार्ज हुन्।

यस्तै उपाध्यक्षमा सावित्रा सिलवाल, सम्झना खड्का सिलवाल र पूजा सिटौला रहेका छन्। जसमा सावित्रा सिलवाल हाल पार्टीको प्रदेश कमिटि सदस्य हुन् भने उनी पनि पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेद्वार रही पराजित भएका थिए। 

यसैगरी सम्झना खड्का सिलवाल १३–१४ वर्षको सानै उमेरमा तात्कालिन माओवादी जनयुद्धमा हिडेका पूर्व जनमूक्ति सेना हुन्। हाल उनी पार्टीको इच्छाकामना गाउँकमिटि उपाध्यक्ष हुन् भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष समेत हुन्।

त्यस्तै पूजा सिटौला माओवादी केन्द्र इच्छाकामना गाउँकमिटिको सचिवालय सदस्य हुन्।

images
प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - १९:४९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology