Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

माओवादी केन्द्रबाट आँबुखैरेनी ४ को वडाध्यक्षमा राजु गुरुङको दावी

माओवादी केन्द्रबाट आँबुखैरेनी ४ को वडाध्यक्षमा राजु गुरुङको दावी

images

इच्छाकामना न्युज

४, बैशाख २०७९
माओवादी केन्द्रबाट आँबुखैरेनी ४ को वडाध्यक्षमा राजु गुरुङको दावी
images

आँबुखैरेनी, ४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरुमा जनप्रतिनिधीहरु छान्न रस्साकस्सी चलिरहेको छ। यसपटक सबै दलहरुमा आकांक्षी बढेका छन्। आकांक्षी बढिरहदा दलहरुले आफुले उम्मेद्वार छनोट गर्न तोकेको निर्धारित मितिमा उम्मेद्वार टुंग्याउन सकिरहेको छैन।

माओवादी केन्द्रको आँबुखैरेनी गाउँपालका कमिटिलाई पनि उम्मेद्वार छान्न सकस परिरहेको छ। यसैबिच आँबुखैरेनी गाउँपालिका ४ को वडाध्यक्षमा माओवादी केन्द्रबाट राजु गुरुङले पनि दावी गरेको छ। 

पार्टीको हाल गाउँपालिका कमिटि सदस्य एवं गण्डकी प्रदेश प्रतिनिधी रहेका गुरुङले पार्टीमा वडाध्यक्ष उम्मेद्वार बन्न दावी गरेको हो। गुरुङ २०७४ सालमा वाईसियल तनहुँको जिल्ला सदस्य समेत रहेका थिए।

विभिन्न सामाजिक कामहरुमा सक्रिय गुरुङ चण्डेश्वरी युवा क्लबको पूर्व अध्यक्ष एवं पुलजिप घुमाउने मोटर निर्माण समितिको पूर्वअध्यक्ष समेत हुन्।

गुरुङको दावी सँगै माओवादी केन्द्रबाट आँबुखैरेनी ४ को वडाध्यक्षमा दावी गर्ने ३ जना पुगेको छ। वडाध्यक्षमा दावी गर्ने अन्यमा नेत्र मगर र गम बहादुर गुरुङ पनि छन्।

 

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - ०७:४५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology