आँबुखैरेनी, २ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा युवा नेता अंग्रेजी श्रेष्ठले पनि दावी प्रस्तुत गर्ने भएको छ।
लामो समयदेखि पार्टीको विभिन्न विभागमा रही काम गरिरहेका युवा नेता श्रेष्ठले पनि वडाध्यक्षमा दावी प्रस्तुत गरेको हो।
श्रेष्ठ हाल नेकपा माओवादी केन्द्रको भातृसंस्था वाईसियल गण्डकी प्रदेश कमिटि सदस्य तथा आँबुखैरेनी गाउँकमिटि इन्चार्ज रहेका छन्।