मुग्लिन, १ वैशाख । आगामी स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसबाट विष्णु कुमार कुँवरले दावी प्रस्तुत गरेको छ। बुधबार गाउँपालिका पार्टी कमिटि समक्ष उनले आफ्नो दावी प्रस्तुत गरेको हो।
नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, तरुणदल हुदै विभिन्न विभागमा जिम्मेवारी सम्हाल्दै २०६६ मा क्रियासिल सदस्य लिई राजनितिमा आएका हुन् कुँवर। २०६४ सालमा संविधान सभा निर्वाचनमा तात्कालिन चण्डि भञ्ज्याङ गाविसको चुनाव प्रचार समितीमा रहेका कुँवर २०६७ सालमा नेपाली कांग्रेसको तात्कालिन चण्डिभञ्ज्याङ गाउँकमिटिको सचिव भएका थिए।
नेपाली कांग्रेसको १२ औ महाधिवेशनको क्रममा २०७१ सालमा कार्यवाहक सभापति समेत भएका उनी २०७२ सालमा सम्पन्न कांग्रेसको १३ औ अधिवेशनबाट चण्डिभञ्ज्याङ गाविसको पार्टी सभापतिमा निर्वाचित भएका थिए।
सोही क्रममा चितवनका ४ वटा पहाडी गाविसहरु मिलेर इच्छाकामना गाउँपालिका भएपछि भएको २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका स्तरीय पार्टी संयोजक बनेर उनले पार्टीका उम्मेद्वारहरुलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
चितवनको ७ वटा स्थानीय तहमध्य ६ वटा स्थानीय तहको नेतृत्व कांग्रेसले गुमाईरहदा इच्छाकामना गाउँपालिकामा पार्टी उम्मेद्वारलाई जिताएर जिल्लामा कांग्रेसको साख जोगाउन उनले राम्रै कसरत गरेका थिए।
उनै कुँवर यतिबेला भने पार्टीको साझा उम्मेद्वार बनि उपाध्यक्षमा निर्वाचन लड्ने तयारीमा छ। यसैले उनले उपाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेका हुन्।